• on Airनेपाली अावाज खबर
  • Up Nextसाझा खबर

ताजा अपडेट

स्थानिय समाचार

n

खुलालु हिल्सा सडक खण्डमा काम तिब्र, ओहोर दोहोर गर्ने यात्रीहरुलाइ भने सास्ती

२०७२ माघ २९ कालिकोट/कर्णाली राजमार्ग अन्तर्गत पर्ने खुलालु हिल्सा सडक खण्डमा तिब्र गतिमा काम संचालन हुदै गर्दा बाटोमा ओहोर दोहोर गर्ने यात्रीहरुले भने सास्ती खेप्न बाध्य भएका छन् । खुलालु हिल्सा सडक खण्डको आम्तडामा तिब्र गतिमा काम संचालन भइरहदा करीब १५ मिटर लाग्ने बाटोमा करीब २ घण्टा अप्ठेरो बाटो हीडेर ओहोर दोहोर गर्न यात्रीहरु बाध्य भएका हुन् ।
 
नेपाली सेनाले राजमार्ग निर्माणमा तिब्रता दिएका बेला काम गर्ने समयमा बाटो खुल्ला नहुने र काम रोकेको बेला मात्रै हिड्न पाइने भएको हुदा बाटोमा ओहोर दोहोर गर्ने यात्रीहरु उकालो अप्ठेरो बाटो हिड्न बाध्य भएका हुन् । खाली हिड्न पनि कठिन छ, भारी बोकेर हिड्न त झन कठिन छ, काम गर्दा हिड्न पाइदैन, खाली भएपछि मात्रै हिड्न पाइन्छ, ज्यान जोखीममा राखेर भएपनि लामो र अप्ठेरो बाटो हिड्न बाध्य भएको भारी बोक्दै गरेका स्यूना गाविसका प्रदिपे सार्कीले गुनासो गर्नु भएको छ ।
 
जीते बाट नेपाली सेनाले काम गरीरहेको छ भने स्यूना, सिप्खाना, फूकोट र राम्नाकोटमा ग्रामीण पहुच कार्यक्रमले तिब्र गतिमा राजमार्ग निर्माण गरीरहेकाले अबको केही महिनामा बाटो खुल्ने पक्का भएपनि हिडडुन गर्ने यात्रिहरुले भने सास्ती खेपीरहेकाछन् । केही यात्रीहरुले केही महिना पछि राजमार्गमा सहज हिड्न पाइने भएकाले केही दिनको दुःखलाई बिर्सनु पर्नेमा पनि जोड दिएकाछन् ।