• on Airनेपाली अावाज खबर
  • Up Nextसाझा खबर

ताजा अपडेट

विचार

n

मेरो देश अनि युवा पलायन

प्रशन्न पौडेल,
प्रकृतिको सुन्दर देश नेपाल । जहाँ हजारौं पर्यटक नेपालको सुन्दरता को अबलोकन गर्न नेपाल पुग्छन। चाँदी जस्तो टल्किने हिमाल, माछापुच्छ्रेको काखमा रहेकोे फेवाताल, डेविज फल अनि भगवान गौतम बुद्धको देश ,लुम्बिनी ,सुर्यको पहिलो किरण हेर्न सराङ्कोट त कोहि नगरकोट कोहि स्वोर्ग्द्वरी त कोहि राताम्मे फुलेको लालिगुरास हेर्न र तिनै नेपालका सुन्दर मुल्यवान चिजहरुलाई क्यामारामा कैद गर्दै गन्तव्य पुरा गर्छन् अनि मनमनै सोच्दछ्न कति भग्यमानी नेपाली । तर यथार्थ तिनीहरु को सोचाइ भन्दा हामी नेपाली को भोगाइ  धेरै फरक छ । प्रकृतिको अथाह खानी भएको देश नेपालको यौटा युवा ।  समय आफ्नो रफ्तारमा बगिरहेको थियोे देशमा विकाराल बन्दै गएको बेरोजगार समस्याले गर्दा प्रवासिने लहर बडिरहेको बेला काम ,दाम र स्तर उन्नतिको खोजीमा यो आधुनिक सम्पन्नयुक्त मुलुक दक्षिण कोरिया प्रवेश गरेको पनि २ वर्ष पुरा भएछ ।
 
नितान्त ब्यक्तिगत जीवनका पाटाहरु केलाउदा समय र प्रसङ्गले उन्नतिको पथमा लम्केका पाइलाहरुलाई देशको राज्य सन्चालकको उदासिनता र माफियाहरुको हातमा देशको चाबी भएको ठहर गर्दै आज शैक्षिक ब्यक्ति पनि युरोप अमेरिका जाने होडनै चलेको छ । तिनैको भुत चडेको हुनुपर्छ मेरो साथी अर्जुन पनि ३ बर्ष पहिला म पासपोर्ट बनाउने लाइनमा बस्दै गर्दा साथी सम्झाउदै थिए ।
 
आफ्नै देश मा बस साथी प्रदेशी बन्न नजाउ सुन फल्ने माटो छोडी मरुभूमि खन्न नजाउू भनेको शब्दहरु आज म प्रदेशबाट उहीँ साथीलाई फर्काउदैछु । त्रिभुवन बिश्वबिद्यालयले तिम्रो ज्ञान र चरीत्रलाई दिएको डिग्रीको प्रमाणपत्रको प्रतिलिपी बोकेर कोरिया भासा पास गरि थ्री डि भिसा लागेकोमा छाती फुलाइरहेका छौ। जब देश मा नयाँ संविधान आएको खुशीमा दिप प्रज्वलन गर्दै मलाई  मेसेज गरेका थियौ९ प्रशन्न अब हिजो तिम्रो आमा सुत्केरी हुदा तिम्रो बाबाले हलो जोतेर ल्यायको २ माना चामल नरपिशाचहरुले खोसेर खाइदिदा तिम्रो आमा रातभरि भोको पेट बस्नु परेको कुराले न्याय पाउछ । ठुली भाउजूलाई भनिदिनु कोखको बच्चाले बाउ नचिन्दै थालमा भात मुछेर खादै गरेको आधा भाग नसक्दै दाइलाई लगेर सिउदो पुछिदिने पापिहरुले सजाय पाउनेछ्न । अब तिमिले पनि १० ९२० हजारको लागि प्रदेशी भुमिमा रगत र पसिना बेच्नु पर्दैन नेपालका दिदिबहिनी भारत र अरब पुगेर अस्मिताको बाजि लगाउन पर्नेछैन अब देशले काचुली फेर्नेछ ।नयाँ  इतिहास लेख्नको लागि नयाँ मसि भरिएकोछ भन्ने तिम्रो मेसेजले साच्चै भाबुक र खुशिपनी भएको थिए ।
 
अनि म पनि फुरुङ भएको थिए साच्चै देश मा परिवर्तन आउनै लागेको रहेछ । म पनि आफ्नो देशमै केही गर्नु पर्छ भनी नेपाल फर्कने मनस्थिति बनाउदै थिए। तर साथी तिमी पनि मलाई मेसेज गरेको एक बर्ष नपुग्दै  कोरिया प्रवेशको तयारीमा तिमी पनि साथी आज देशमा भुकम्पको पीडाले रुवाएकोछ । सत्तासीन राजनीतिज्ञहरुलाई दक्षिणी हावाले जता उडाउछ त्यतै उड्दैछ्न । जनताको हक अधिकारको नारा लगाइ जनता लाई भर्‍याङ बनाएका छन । कुनै ठाउँ छैन भुकम्प र नाकबन्दीको पिडा अनुभव नगरेको  सबै जसो टोलमा युवा बिदेशिन बाध्य भयका छन त्यस्तै बाध्याता तिमिलाई पनि आइपरेका होलान । तिमी र तिम्रा सक्षम चारित्रीक प्रमाणपत्रहरु यो देशमा अदक्ष र असक्षममा रुपान्तरण हुनेछन, प्रबिधिले मानव जीवनलाई सरल बनाएको छ । तर कडा मेहनत गर्नुपर्छ । धुलो धुवाँ,  गरुङ्गो, जाडो, गर्मि जस्तोसुकै जोखिमयुक्त कामहरुको लागि सक्षम छु भन्ने मनस्थिति बनाउनु । यहाँ हरेक क्षेत्र वर्ग लिंग मानिसको कामलाई समान रूपमा हेरिन्छ । कामको सम्मान गर्ने मुलुक हो यो भन्ने मनमा राखिराख्नु । मासिक डेढ लाख कमाउन तिमिले कल्पना गरेभन्दा धेरै कठिन र हिनताबोध तथा आत्मग्वालनी हुनेछ, स्वाभिमानमा आच  आउनेछ ।  त्यो वेला तिम्रो त्रिभुवन विश्वबिधालयको प्रमाणपत्र सम्झियर गलत बाटो प्रयोग नगर्नु । तिमीपनि कोरियाको काम सम्झेर जोश ल्याउनु सक्षम युवा भएकोले यहाँ आएपछी काम र समय अनि पैसाको महत्त्व बुझ्नेछौ अनि आफुले सिकेको सीप र ज्ञान नेपाल फर्केर प्रयोग गरि थोरै भएपनि देश बिकासमा टेवा पुर्‍याउनु,  सधैं प्रगति पथमा तिम्रो पाइला बडिरहुन । ज्ञान सीप र धन आर्जन गरेर नेपाल फर्कनु पलायनको बाटो नरोज्नु मित्र ।
अन्त्यमा शुभकामना मित्र १११