• on Airनेपाल खबर
  • Up Nextनेपाली अावाज खबर

ताजा अपडेट

मनोरञ्जन/खेलकुद

n

यू–१९ विश्वकप जित्यो वेस्ट इन्डिजले

फाल्गुन २, २०७२- खराब समयबाट गुज्रिरहेको वेस्ट इन्डिजले आइतबार यू–१९ विश्वकप जितेको छ । वेस्ट इन्डिजले युवा विश्वकप जितेको यो पहिलोपल्ट हो ।
 
मिरपुरमा भएको फाइनलमा वेस्ट इन्डिजले उपाधिको बलियो दावेदार रहेको भारतलाई पाँच विकेटले हरायो । वेस्ट इन्डिजको युवा टिमले प्राप्त गरेको यो सफलताले क्यारेबियन क्रिकेटमा नयाँ उत्साह थप्ने आशा गरिएको छ ।
 
फाइनलमा पहिले ब्याटिङ गरेको भारतले ४५.१ ओभरमा अलआउट हुन अगाडि १ सय ४५ रन बनाएको थियो । जवाफमा वेस्ट इन्डिजले तीन बलको खेल बाँकी छँदा पाँच विकेटमा १ सय ४६ रन बनायो ।
 
विजयी टिमका लागि केसी कार्टी र केमो पउलले निर्णायक इनिङ्स खेले । केसीले ५२ र केमोले ४० रन बनाएर नटआउट रहे । उनीहरूले ६९ रनको निर्णायक साझेदारी गरे । त्यस अगाडि वेस्ट इन्डिज पाँच विकेट गुमाएर ७७ रनको खराब स्थितिमा रहेको थियो । भारतका लागि सरफराज खानले सर्वाधिक ५१ रन बनाए ।