• on Airनेपाली अावाज खबर
  • Up Nextसाझा खबर

ताजा अपडेट

विचार

n

कालिकाेटकाे धरोहर धर्मगुरु नरहरी नाथ देखि पचाल झरना सम्म

रुपेन्द्र ऐडी
हिमाल र पहाड संग जोडिएको कालीकोट जिल्ला हेर्दा नै मनोरमका रुपमा चिनिदै आएको जिल्लाको रुपमा लिन सकिन्छ । यस जिल्लामा सांस्कृतिक धरोहर धर्मगुरु नरहरी नाथ देखि तिला गुफा अनि अग्लो पचालझरना समेत रहेका छन । हरेक क्षेत्र एक न एक नामले स्थापित भएर अघि बढेका हुन्छन । ठांउको पहिचान हरेक क्षेत्रको आफ्नो निश्चित अस्तित्व भित्र रहेको हुन्छ ।

त्यहि भित्रको कालीकोट  जिल्लालाई स्थापित गरेको छ नेपालको अग्लो पचालझरना ।कालीकोट जिल्लाको राम्नाकोट गाविसको खार्दुमा अवस्थित पचालझरना तत्कालिन ने क पा(माओवादी)को पहलमा पहिलो पटक जिल्ला विकास समितिको प्राविधिक र बयोबृद्ध जयकृष्ण संज्याल सहितको टोलिले गरेको स्थलगत अध्ययन पछि चार सय ७२ मिटरको उचाईमा रहेको छ । कालीकोट जिल्लामा रहेको पचालझरना स्थानिय पचालछहडोको नामले चिनिदै आएको छ ।

कालीकोट जिल्लाका सरोकारवाला निकाय जिल्ला विकास समिति लगाएतको लापरवाहीका कारण बाहिर आउन नसकेको पचालझरनाको महत्व र गरिमा भने कम छैन । हेर्दा मनोरम दिने पचाल झरना मात्र होईन कालीकोट जिल्लामा प्राकृतिक सम्पदाको क्षेत्रमा अति नै भाग्यशालिका रुपमा लिन सकिन्छ । कालीकोट जिल्लामा  अहिले महत्वमा आएका स साना देवस्थल,गुफा मात्र नभइ धार्मिक महत्व बोकेको जिल्लाका रुमा स्थापित भएको छ । कालीकोट जिल्लामा मध्य तथा सुदुरपश्चिमको बाजुरा र कालीकोटको विचमा पर्ने बडिमालिका मन्दिर,कालीकोटको बदालकोटमा रहेको चुलिमालिका मन्दिर,राम्नाकोटमा रहेको पुगमालिका मन्दिर,ओदानकुमा रहेको महावु मन्दिर,रकुमा रहेको गडुलास्नि,चिल्खायामा रहेको तिला गुफा,खमाले गुफा,रास्कोटको त्रिबेणि पाटन,चिल्खायाको रुडुबञ्चु,बदालकोटको नौमुल,मान्ममा रहेको पञ्चदेवल, कोटदरवार,नेपालको लामो नदि कर्णालि र तिलाको संगम स्थल जितेबजार, माल्कोट गाविसमा रहेको भ्युटावर लगाएतका जिल्लाको नामलाई उचो राख्ने सम्पदा भए पनि जिल्लाको संरचनालाई स्थापित गर्न मान्छेका अभाव कायमै रहेको छ ।

naraharinath 2

कालीकोट जिल्ला देखि केन्द्र सम्म राजनैतिक गर्ने नेताहरु भने सिंगो कर्णालको नाममा मागि खाने भांडोका रुपमा प्रयोग भएको जिल्लाका निमुखा पछि परेका समुदायको भनाई रहेको छ । कालीकोट जिल्लामा विभिन्न क्षेत्रमा विकास निर्माण देखि सामाजिक क्षेत्रमा पछि परेका समुदायको खानिका रुपमा देश तथा विदेशमा कर्णालि चिनिएको छ । कर्णालेमा मुगु राराताल,नेपालको अग्लो स्थानमा रहेको शे फोक्सुण्डो ताल,जुम्लाको धार्मिक स्थल चन्दननाथ बर्णन गरिसक्नु छैन ।

यि सम्पदाको संरक्षण नुहुनमा को दोषि छ त । सामाजिक अगुवा कालीबहादुर महताराको भनाई भने बेग्लै रहेको छ । विभिन्न संरचनाले भरिपुर्ण कालीकोटमा समग्र विकासका लागि रोडम्याप आवश्याक रहेको छ । जसका लागि जिल्ला विकास समितिले योजना बनाउन नसक्नु नै ठुलो कमजोरी रहेको तक छ । वहांका अनुसार जिल्लाको प्राकृति सम्पदा देखि धार्मिक क्षेत्रको पहिचान कायम राख्नका लागि विशेष जोड दिन जरुरी रहेको छ । कालीकोट जिल्लामा विभिन्न गैरसरकारी निकायको पहलमा भन्न र गन्न सकिने धेरै पहिचान सहितको कुनै पनि क्षेत्र अघि नरहेको बताइएको छ ।

जिल्ला विकास समिति कालीकोटले जिल्लाका प्राकृति संरचनालाई विशेष महत्वका रुपमा लिएको जिल्ला विकास समिति कालीकोटले जनाएको छ  । जिल्ला विकास समितिको आर्थिक वर्ष २०७१/०७२को वार्षिक कार्ययोजनामा जिल्लालाई स्थापित गर्ने प्राकृतिक सम्पदा,धार्मिक स्थलहरुको उचित संरक्षण गर्ने योजनामा जिल्लाका सरोकारवालाको भुमिका रहेको उल्लेख गरिएको छ । कालीकोट जिल्ला भएर बग्ने कर्णालि नदिको सहयाक नदि तिलाबाट संचालनमा आएको तिला हाईड्रो पावर एक र दुई बाट निस्किने विद्युतले कर्णालिलाई मात्र होईन मध्य तथा सुदुरको उज्यालो दिने सम्भावना बढेको छ ।25

समुद्रि सतह देखि सात सय ३८ देखि चार हजार सात सय ९० मिटर उचाईमा रहेको यस जिल्लामा एक हजार सात सय ४१ बर्ग कि.मि. क्षेत्रफल रहेको छ ।खाद्यन्नमा भने यस जिल्ला परनिर्भर हुंदै आएको छ । कालीकोट जिल्लामा कुल क्षेत्रफल एक हजार सात सय ४१ वर्ग कि.मि मध्ये १८ हजार ८७ दशमलव ८० हेक्टर तथा १० दशमलव १६ प्रतिशत खेतियोग्य जमिन रहेको छ । त्यसमा पनि अहिले १६ हजार तिन सय पैतिस हेक्टर क्षेत्रफल मात्र खेति हुने गरेको बताइएको छ ।

त्यसै गरी कालीकोट जिल्लामा कुल खाद्यन्न आवश्यक्ता २३ हजार एक सय १५ दशमलव ४० मेट्रिक टन  मध्ये २० हजार  आठ सय ६६ दशमलव ५७ मेट्रिक टन उत्पादन हुने र एक हजार दुई सय ५१ दशमलव ९९ मेट्रिकटन अर्थात ६ प्रतिशत अन्न उतपादन हुन बाट क्षेति हुने गरेको जिल्ला कृषि विकास कार्यालय कालीकोटले जनाएको छ । कार्यालयका अनुसार छ सय २८ मेट्रिक टन खाद्यन्न अपुग हुने गरेको बताइएको छ । सोका  लागि जिल्ला बाहिरबाट खाद्यन्न ल्याउनु परेको छ । जिल्लामा नेपाल खाद्य संस्थानले खाद्यडिपो राखेर ढुवानि अनुदानमा चामल विक्रि गर्दै आएको छ । जिल्लामा कुल जनसंख्याको ५८ दशमलव ९१ प्रतिशत सारक्षता रहेको छ भने जस मध्य पुरुष ६६ दशमलव ३७ र महिला ५१ दशमलव १५ प्रतिशत सारक्षरता रहेको छ ।

जिल्लामा दुई सय १५ वालविकास केन्द्र, दुई सय ८८ प्राथमिक विद्यालय,एक सय सात निम्नमाध्यमिक विद्यालय,४९ वटा माध्यमिक विद्यालयका साथै २४ वटा उच्च मावि र ६ छ वटा क्याम्पस संचालनमा आएका छन । त्यसै गरी ११ वटा निजि आवासिय विद्यालय रहेको जिल्ला शिक्षा कार्यालय कालीकोटले जनाएको छ । कालीकोट जिल्लामा विभिन्न गाविसमा शिक्षाको पहुंच पुगेको गाविसका रुपमा दाहां लगाएतका गाविस घोषणा भईसकेका छन ।