• on Air
  • Up Nextसाझा खबर

ताजा अपडेट

स्थानिय समाचार

n

नेपाली कांग्रेस कालिकोटको सभापतिमा बम बिजयी

२०७२ फागुन ३ गते कालिकोट/नेपाली कांगे्रस कालिकोटको छैठौ महादिवेशनबाट जिल्ला सभापतिमा हर्शबहादुर बम निर्वाचित हुनु भएको छ । यहि माघ २५ गते उद्घाटन भई हिजो मतदान भै हिजैराती नै भएको मतगणनाबाट हर्षबहादुर बमले १ सय ४४ मत ल्याई सभापतिमा विजयी हुनु भएको हो । यसका प्रत्यासी कालिबहादुर सहकारीले १ सय २८ मत ल्याई मात्र १६ मतले प्राजित हुनु भएको छ ।

यसै गरी सचिवमा सहकारी प्यानलका नन्द सिंह ले १३० मत ल्याई जिजयी हुन भएको छ । यसको प्रत्यासी बम प्यानलका नगेन्द्र विष्टले ९८ मत मात्र प्राप्त गर्नु भएको छ । कोषाध्यक्षमा खुल्लाबाट मन्जीत शाही विजयी हुनु भएको छ ।  महाधिवेशन प्रतिनिधिमा मोतीराज बम, भुपेन्द्रजंग शाही, हिक्मत बहादुर विष्ट, नारायण भट्टराई, मान बहादुर रोकाया, दान बहादुर बम, विजयी भएका छन् । यसै गरी महादिवेशन प्रतिनिधि महिला कोटाबाट यशोदा शाही, शुशिला शाही निर्वाचित भएका छन् । यसैगरी दलित कोटाबाट कर्णविर टमट्टा, अपांगकोटाबाट टेकराज शाही, आदिवासी कोटाबाट भिम लामा निर्वाचित भएका छन् ।

नेपाली कांगे्रस जिल्ला कमिति सदस्यका लागि मत गणना प्रक्रिया जारी भैरहेको र यसको नतिजा २ घण्टापछि आउन सक्ने निर्वाचन मण्डलका निर्वाचन अधिकृत देवेन्द्र शर्माले जानकारी दिएका छन् । बम नेपाली कांग्रेस स्थापन पक्षका नेताका रुपमा चिनिन्छन् भने सहकारी देउवा पक्षका नेताका रुपमा चिनिन्छन् ।