• on Airनेपाल खबर
  • Up Nextनेपाली अावाज खबर

ताजा अपडेट

अन्तर्राष्ट्रिय समाचार

n

पुटिन र ओबामाबीच फोन वार्ता

भ्लादिमिर पुटिन र उनका अमेरिकी समकक्षी बाराक ओबामाबीच आइतबार सिरिया समस्या मामिलामा फोन वार्ता भएको क्रेमलिनले जनाएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाद्वारा गरिएको फोनमा कुरा गर्ने क्रममा दुवै पक्षबाट गएको साता जर्मनीको म्युनिकमा भएको वार्तालाई मूल्याङ्कन गर्दै यो शान्तिका लागि सकारात्मक सन्देश भएको क्रेमलिनद्वारा जारी एक विज्ञप्तिमा जनाइएको छ ।
 
वार्ताका क्रममा दुवै पक्षबाट आफ्ना कुरा खुलस्त राखेको र रसियाली राष्ट्रपति पुटिनले सिरियामा जारी द्वन्द्व नियन्त्रणका लागि आतङ्कवादविरोधी संयुक्त प्रयास आवश्यकता भएको बताएको मस्कोले जनाएको छ ।कुराकानीमा राष्ट्रपति ओबामाले कुर्दिस मिलिसियालाई लक्षित गरी टर्कीमा हालै गरिएका गोलाबारी सम्बन्धमा चासो व्यक्त गरेको बुझिएको छ ।
 
मस्कोले गएको हप्ता सिरियाली भूमिमा साउदी अरबलगायतका देशको स्थल सैन्य सहयोग सह्य नहुने बताएको थियो । यता साउदी अरब र टर्कीले सिरियामा आवश्यकता अनुसार स्थल सेना पठाएर असादलाई सत्ताच्यूट गराउने अभियानमा सहयोग गर्नसक्ने बताउँदै आएका छन् ।
यसैबीच रसियाली प्रधानमन्त्री दिमित्री मेदभेदेभले आइतबार प्रकाशित युरो न्युज पत्रिकामा दिएको अन्तरवार्तामा कसैले मन पराओस् वा मन नपराओस् सिरियाको आधिकारिक सत्ताको नेतृत्व असादसँग नै रहेको बताएका छन् । यदि असादलाई सत्ताच्युट गरिएमा अन्य मध्यपूर्वी राष्ट्रमा वर्तमान अवस्थामा देखिएको बेथिति जस्तै सिरिया पनि अझै अस्तव्यस्त हुने बताएका छन् । रासस/एएफपी