• on Airनेपाल खबर
  • Up Nextनेपाली अावाज खबर

ताजा अपडेट

अन्तर्राष्ट्रिय समाचार

n

चीनले बनायो कृत्रिम सूर्य

पेइचिङ्: चीनका बैज्ञानिकहरु कृत्रिम सूर्य निर्माण गर्न सफल भएका छन् । सूर्यभन्दा तीन गुणा बढी तातो कृत्रिम सूर्य बनाउने काममा चिनियाँ बैज्ञानिकले सफलता पाएका हुन् । इन्स्टिच्यूट अफ फिजिकल साइन्सका बैज्ञानिकहरुले हालै हाइड्रोजन ग्यासको प्रयोगबाट ५ करोड डिग्री सेल्सियसको चरम तापक्रम पैदा गर्न सफल भएका हुन् । उनीहरुले १ सय २ सेकेन्डसम्म सो तापक्रम कायम राख्न सफल भएको पनि समाचारमा जनाइएको छ ।
 
ग्यासको तुलनामा न्यूक्लियर इनर्जी बढी महत्वपूर्ण र प्रभावकारी हुने हुँदा कृत्रिम सूर्य निर्माण गर्न सफल हुनुले सूर्यबाट प्राप्त इन्धनमाथिको परनिर्भरतालाई अन्त्य गर्न सकिने चिनियाँ बैज्ञानिकहरुले विश्वास लिएका छन् । अंग्रेजी अखबार मिररको अनलाइन संस्करणका अनुसार चीनका वैज्ञानिकहरुले ५ करोड डिग्री सेल्सियस तापमानलाई त्यो समयसम्म कायम राख्न सफल भए जुन समयसम्म न्युक्लियर फ्युजन च्याम्बरको कोर यो तापमानमा पग्लेर नष्ट हुँदैन ।
 
वैज्ञानिकहरुका अनुसार अब सूर्यसहितको इन्धनमा हाम्रो निर्भरता समाप्त हुन सक्नेछ किन कि ग्यासमार्फत पैदा हुने न्युक्लियर इनर्जीलाई धेरै मात्रामा प्रयोग गर्न लायक इन्धनमा बदल्न सकिनेछ । चिनियाँ वैज्ञानिकहरुको यो आविष्कार त्यो प्रोजेक्टको हिस्सा हो जसबाट न्युक्लियर फ्युजन रियक्टरमार्फत प्रयोग गर्न लायक इन्धन बनाउन सकियोस् ।