• on Airनेपाली अावाज खबर
  • Up Nextसाझा खबर

ताजा अपडेट

स्थानिय समाचार

n

राचुली पूर्ण खोप सुनिश्चित गाविस घोषणा हुदै

२०७२ फागुन ३ कालिकाेट/जिल्ला सदरमुकाम मान्म देखि पूर्व उत्तर तर्फ पर्ने राचुली गाविस पूर्ण खोप सुनिश्चित गाविस घोषणा हुने भएको छ । राचुली स्वास्थ्य ब्यवस्थापन समितिका अध्यक्ष राचुली गाविस स्वास्थ्य ब्यवस्थापन समितिका अध्यक्ष धर्म बहादुर शाहीको अध्यक्षता, जिल्ला बालकल्याण समितिका सदस्य खडकराज शाहीको प्रमुख आथित्यता, स्थानीय राजनैतिक वडा नागरिक मंच, स्थानीयहरुको सहभागितामा बसेकोसरोकारवालाहरुको सहभागितामा बसेको गाविस स्तरीय पूर्ण खोप गाविस घोषणाका लागि पूर्व तयारी बैठक फागुन भित्र गाविसलाई पूर्ण खोप सुनिश्चित गाविस घोषणा गरिसक्ने निर्णय गरेको छ । 
 
गाविसका वडा नं. १, २, ३ र ४ लाई यस अघिनै पूर्ण खोप सुनिश्चित गाविस घोषणा भैसकेकाले बाकि ५ वटा गाविसलाई घोषणा गर्ने तयारीका लागि १५ सदस्यीय खोप समन्वय समितिको समेत गठन भएको स्वास्थ्य चौकी राचुलीका अनमी अनिता शाहीले जनाकारी दिनुभएको छ । किर्डाक नेपाल कालिकोट, स्वास्थ्य चौकी राचुली र गाविस कार्यालय राचुलीको संयुक्त प्रयासमा घोषणा हुन लागेको राचुली गाविसको सबै वडामा खोप समन्वय समितिले पूर्ब अनुगमन गर्ने र त्यसपछि गाविसलाई पूर्ण खोप सुनिश्चित गाविस घोषणा गर्ने निर्णय भएको शाहीले बताउनुभएको छ । बैठकको सहजिकरण स्वास्थ्य चौकी राचुलीका सिअहेव नरेन्द्र धराला, मनराज शाही र किर्डाक कालिकोटका प्रकाश शाहीले गर्नु भएको अनमि शाहीले जानकारी दिनुभएको छ ।