• on Air
  • Up Nextसाझा खबर

ताजा अपडेट

स्थानिय समाचार

n

कालिकोटका आठ गाविस नगरपालिकाका लागि सिफरिस

कालिकोट/जिल्लाका आठ ओटा गाविसहरु नगरपालिका का लागि सिफारिस भएका छन् । नगरपालिकाका लागि सदरमुकाम देखि पूर्वी क्षेत्रका चार र पश्चिम क्षेत्रका चार गाविस गरी आठ गाविसलाई नगरपालिकामा सिफारिस गरिएको हो । एक जिल्लामा एक नगरपालिका बनाउने नेपाल सरकारको योजना अनुसार आवश्यक मापदण्डलाई आधार मानी दुई वटा नगरपालिका सिफारिस गरी पठाइएको हो ।
 
जिल्ला विकास समिति कालीकोटका सूचना अधिकारी एवंम नायव सुब्बा प्रवलजंग शाहीले दिएको जानकारी अनुसार पूर्वी क्षेत्रका मान्म, बदालकोट, दाँहा र पाँखा गाविसलाई समेटीने गरी खाँडाचक्र नगरपालिका र पश्चिम क्षेत्रका स्युना, फुकोट, सिपखाना र मुम्रा गाविसलाई समेटी रास्कोट नगरपालिका का लागि सिफारिस भएको जनाईएको छ ।
 
वहाका अनुसार सडक यातायात, विद्युत र बैंकिङ् कारोबारलाई हेर्दा खाँडाचक्र नगरपालिका सम्भावना रहेको छ भने रास्कोट नगरपालिका सडकको विस्तार भईरहेकाले सबै प्रक्रिया अनुसार सिफारिसका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सिफारिस गरिएको जिविसले बताएको छ । 
 
जिल्लामा ३० गाविस छन् भने अब दुई नगरापालिका घोषणा भएपछि २२ गाविस दुई नगरपालिका हुने छन् । कर्नाली अंचलमा यसअघि जुम्ला जिल्लाको चन्दनाथ नगरपालिका घोषणा भएको थियो भने कर्नालीका अन्य जिल्लामा नगरपालिका घोषणा हुन सकेका छैनन् ।