• on Airनेपाल खबर
  • Up Nextनेपाली अावाज खबर

ताजा अपडेट

स्थानिय समाचार

n

ओली र मोदीवीच आजै भेटवार्ता हुँदै

२०७२ फागनु ८ भारत भ्रमणमा आएका प्रधानमन्त्री केपी ओलीले आज महत्वपूर्ण राजनीतिक भेटघाटहरु गर्नेछन् । भारतीय राष्ट्रपति प्रणव मुखर्जिदेखि समकक्षी नरेन्द्र मोदीसम्मलाई उनले आजै भट्ने कार्यक्रम छ । द्वीपक्षीय भेटपश्चात ओली र मोदीले संयुक्त पत्रकार सम्मेलनलाई सम्वोधन गर्नेछन् । नेपाललाई नाकाबन्दी लगाएको विषयमा अहिलेसम्म सार्वजनिक रुपमा मुख नखोलेका मोदीले पत्रकार सम्मेलनमा के बोल्लान् भन्ने कौतुहल नेपालीहरुमा छ । अर्कोतर्फ रसिक र हँसिमजाकयुक्त भाषण गरेर नेपालमा आफ्नै छाप बनाएका प्रधानमन्त्री ओली भारतीय पत्रकारहरुमाझ कसरी प्रस्तुत हुन्छन् भन्ने पनि अर्को उत्सुकता छ ।
 
आजै नेपाल र भारतबीच आज हुलाकी राजमार्ग, भूकम्पपछिको पुनर्निमाणका लागि भारतले दिने भनेको एक अर्ब डलर अनुदान र ऋण सहायताको कार्यसूचि, तथा मोदी नेपाल आउँदा घोषणा गरेको अर्को एक अर्ब डलरको उपयोगसम्वन्धि सम्झौता हुने छन् । विमानसस्थलमा भारतीय विदेशमन्त्रीलाई स्वागत गर्न पठाएर ओलीलाई खुशी पार्ने प्रयास गरेको भारतले पुरानै घोषणा भइसकेका कुराहरुलाईर् नयाँ रुप दिएर नेपाललाई गुन लगाएको सन्देश दिन खोजेको छ । नेपाली दूतावासमा प्रजातन्त्र दिवसका उपलक्ष्यमा आयोजित भोजमा सहभागी भएर ओली राष्ट्रपति भवनमा सुतेका छन् । ओलीसँगै त्यहाँ नेपाली प्रतिनिधिमण्डलका १७ जनाको त्यहाँ बास छ । ओलीको आजको कार्यक्रम यस्तो छ  ।
 
यस्तो छ कार्यक्रम
बिहान १०ः०० बजेः राष्ट्रपति भवनमा स्वागत समारोह
१०ः३० बजेस् राजघाटमा पुगेर महात्मा गान्धिको समाधिस्थलमा फूल चढाउने
११ः०० बजेस् भारतीय विदेशमन्त्री सुश्मा स्वराजसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट
१२ः०० बजे स्हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट
१ ०० बजेस् सम्झौतापत्र आदानप्रदान र प्रेस वक्तव्य (संभावित)
४ ०० बजे स् राष्ट्रपति भवनमा भारतीय गृहमन्त्री राजनाथ सिंहसँग शिष्टाचार भेट
४ः४५ बजे स् भारतीय वित्तमन्त्री अरुण जेटलीसँग सिष्टाचार भेट
५ः३० बजे स् भारतीय उपराष्ट्रपतिसँग शिष्टाचार भेट
७ः०० बजेः भारतीय राष्ट्रपति प्रणव मुखर्जिसँग शिष्टाचार भेट