• on Airनेपाली अावाज खबर
  • Up Nextसाझा खबर

ताजा अपडेट

स्थानिय समाचार

n

कालिकोटका ९० बढी प्रावि विद्यालय शिक्षक दर्बन्दी विहिन

२०७२ फागुन १० कालिकोट/जिल्लाका ९० बढि प्राथमिक विद्यालय शिक्षक दरबन्दी बिना नै संचालन हुदै आएका छन् । विद्यालय नियमित संचालनका लागि आवश्यक शिक्षक दरबन्दी राज्यले ब्यवस्था नगरेपनि जिल्लाका धेरै ठाउहरुमा विद्यालय जेनतेन संचालन हुदै आएका हुन् ।
 
सम्बन्धित निकायले बिद्यालय संचालनको अनुमति हचुवाका भरमा दिने गरेकोले जिल्लाको शैक्षिक स्तर खस्कदो अबस्थामा रहेको स्थानीय अभिभावकहरु बताउदै आएछन् । शैक्षिक सत्र २०६५/०६६ भन्दा पहिलेका शैक्षिक सत्रहरुमा प्राथमिक विदयालय संचलनका लागि होचुवाको भरमा अनुमति पाए पनि नियमित विद्यालय संचालनका लागि शिक्षक दरबन्दी नपाएको निमित्त जिल्ला शिक्षा अधिकारी मोतीलाल महताराले बताउनु भएको छ ।शैक्षिक सत्र २०६५/०६६ यता विद्यालय संचालन गर्ने अनुमति नै बन्द भए पनि संचालनमा रहेका विद्यालयको समस्या समाधान हुन नसकेको निमित्त जिल्ला शिक्षा अधिकारी महताराले बताउनु भएको छ । 
 
शिक्षक दरबन्दी नपाएका विद्यालयहरु जिल्ला शिक्षा कार्यालयबाट दिइने विदयार्थी इकाइ लागत रकम (पिसिएफ) को भरमा चल्ने गरेको, त्यस्तो रकम एक विदयालयले विद्यार्थी संख्याका आधारमा बार्षिक ३० देखि २ लाख सम्म पाउने गरेकाले त्यसैबाट विद्यालय संचालन हुने गरेका निमित्त जिल्ला शिक्षा अधिकारी महताराले बताउनु भएको छ । यस्ता विद्यालयले पिसिएफ रकम बढि लिन नक्कली बिद्यार्थी बिबरण तयार गर्ने गरेको पाइएको समेत महराले बताउनु भएको छ ।
 
यता  १ कक्षा देखि ३ कक्षासम्म पठनपाठन हुने यस्ता प्राथमिक विद्यालयमा नियमित पठनपाठन समेत नहुने अभिभाबकहरुको गुनासो छ । कार्यालयले यस्तो समस्या समाधानका लागि विद्यालय मर्ज कार्यक्रम संचालन गर्न खोजे पनि सफल हुन नसकेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जिल्ला शिक्षा कार्यालयले विद्यालय मर्जका लागि लिखित निर्णय गरी स्थानीय स्तरमा परिपत्र गरिसके पनि स्थानीय स्तरमा कसैलेपनि वास्ता नगर्दा कार्यान्वय हुन नसकेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।