• on Airनेपाली अावाज खबर
  • Up Nextसाझा खबर

ताजा अपडेट

स्थानिय समाचार

n

शिक्षकका बहुरंगी पेशाका कारण शिक्षाको गुणस्तर खस्कदो

२०७२ फागुन १० कालिकोट/जिल्लामा सक्रिय राजनीति गर्ने शिक्षकहरुलाई कारबाही गर्न गृहमन्त्री शक्तिबहादुर बस्नेतले सबै जिल्ला शिक्षा कार्यालयलाई शिक्षा मन्त्रालय मार्फत निर्देशन दिएको बताउनु भएको छ । विविसी मेडियाको साझा सवालमा हिजो बोल्दै गृहमन्त्रि बस्नेतले शिक्षकहरु राजनैतिक लगायत अन्य बहुरंगी पेशामा बढी सकृय रहेका कारण शिक्षा क्षेत्रको गुणस्तर खस्किदै गएको ब्यापक गुनासो आएपछि मन्त्रालय मार्फत जिल्ला शिक्षा कार्यालयलाई बार्वाहिको लागि निर्देशन दिएको बताउनु भएको हो ।
 
यता शिक्षा मन्त्रालयको निर्देशनलाई लत्याउदै कालिकोटमा भने भर्खरै सम्पन्न नेपाली कांगे्रसको जिल्ला अधिवेसनमा समेत २ जना शिक्षकहरु पार्टीको महाधिवेशन प्रतिनिधि समेत निर्वाचित भएका छन् । यस्तै अर्का शिक्षक हाल एक राजनैतिक पार्टीका पाटी अध्यक्ष समेत रहेका छन् । यी त जिल्लाका केही नमुना उदाहरण मात्र हुन् । शिक्षकहरुले राजनैतिक गर्दा जिल्लाको शैक्षिक स्तर खस्केको भन्दै राजनैतिक गर्ने शिक्षकलाई कारबाही गर्न सम्बन्धित मन्त्रालयले जिल्ला शिक्षा अधिकारीलाई निर्देशन दिएको छ । जिल्ला शिक्षा कार्यालयले राजनैतिक गर्ने शिक्षकलाई कारबाही गर्न नसके जिल्ला शिक्षा अधिकारीलाई नै कारबाही गरिने कडा निर्देशन समेत सम्बन्धित मन्त्रालयबाट दिएको गृहमन्त्री बस्नेत बताउनु भएको छ ।
 
तर यता कालिकोटमा भने जिल्ला शिक्षा कार्यालय कालिकोटले यसको समाधान राजनैतिक दल नै भएकाले आफुहरुले केही गर्न नसक्ने बताउदै आलटाल गर्दै आएको छ । पछिल्लो समय जिल्ला शैक्षिक गुणस्तर खस्कदै जानुको प्रमुख कारण शिक्षकहरुको लापरबाही भएको अभिभाबकहरुले गुनासो गर्दै आएका छन् । शिक्षकहरुका बहुरंगी पेशाले जिल्लाको शैक्षिक अबस्था नाजुक भएको अभिभावकको गुनासो छ ।
 
यता शिक्षकहरुले शिक्षण पेशामा भन्दा अन्य पेशामा समय दिन थाले पछि सयौं बालबालीकाहरुको शैक्षिक भविश्य बिग्रदै जान थालको भन्दै १८ औं जिल्ला परिषद पूर्व तयारीका लागि बसेको सामाजिक समिति र एकिकृत योजना समितिमा समेत बहुरंगी पेशाका शिक्षकहरुलाई कार्वाहिको दाहेरामा ल्याउने लिखित प्रस्ताव अगाडी बढाएको छ । तर यसको कार्यान्वयनको पक्षमा सरोकारवाला निकाय पछि हट्ने गरेको अभिभावकको गुनासो रहेको छ ।
 
सरोकारवाला निकायको फितलो कार्यान्वयनका कारण जिल्लामा हुने विद्यार्थीको परीक्षा प्रणाली अमर्यादित र चिट चोराउने प्रबृति हावीहुदै गएको, हरेक परीक्षामा शिक्षक अभिभावक बिद्यार्थी सबै चिट चोर्ने र चोराउने मेसोमा लाग्ने गरेको जानकारहरु गुनासो छ ।