• on Air
  • Up Nextसाझा खबर

ताजा अपडेट

स्थानिय समाचार

n

कर छलि गरी व्यापार गर्ने माथि कडा कार्वाहीको निर्णय

फागुन ११ गते कालीकोट/कर छलिगरी ब्यापार ब्यवसाय संचालन गर्ने ब्यापारीलाइ कार्वाही गर्ने उद्योग वाणिज्य संघ कालिकाेटले निर्णय गरेको छ । उद्योग वाणिज्य संघको हालै भएकाे १५ चुनाबि साधारण सभा पश्चात निर्वाचित नयाँ कार्य समितिकाे पहिलाे बैठकले यस्तो निर्णय गरेको हो ।
 
उद्याेग बाणिज्य संघ कालिकाेटमा नवनिर्वाचित अध्यक्ष सुर्य वहादुर शाहीको अध्यक्षतामा वसेको वैठकले उद्याेग बाणिज्य संघ तथा घरेलु तथा साना उद्याेग बिकास समितिमा पसल नै दर्ता नगरी ब्यापार गर्ने तथा  वजारमा सवाँरी साधनमा सामान ल्याएर घुमन्ते व्यापार गर्ने ब्यापारी कडा कार्वाही गर्ने निर्णय गरेकाे छ ।
 
बजारमा गाडी नै ल्याएर घुमन्ते ब्पार गर्ने ब्यापारीलाइ प्रतिट्याक्टर हजार रुपैया देखी माथि जरीवाना समेत गर्ने निर्णय गरेको उद्याेग बाणिज्य संघका काेषाध्यक्ष भानु प्रसाद अाचार्यले बताउनु भएकाे छ । यसैगरी पसल नै दर्ता नगरी व्यापार गर्ने ब्यापारीहरूलाइ ब्यापारकाे प्रकृति हेरी प्रति पसल ३ सय देखि २५ सय सम्मको जरीवाना समेत गर्ने निणर्य गरिएकाे काेषाध्यक्ष अाचार्यले बताउनु भएकाे छ ।