• on Airनेपाल खबर
  • Up Nextनेपाली अावाज खबर

ताजा अपडेट

स्थानिय समाचार

n

दाेश्राे चरणकाे खाेप अभियान सूरू

फागुन ११ गते कालीकोट/गत माघ २४ गते देखि यहि फागुन ३ गते सम्म पहिलाे चरण जिल्लाका १४ वटा  गाविसमा संचालित दादुरा रुवेला विरुद्धको खोप अभियान समापन पश्चात पुन दाेश्राे चरणकाे खाेप अभियान हिजाे १० गते देखि १८ गते सम्मका लागि संचालन भएकाे छ । खाेप संचालन हुन बाकि जिल्लाका १६ वटा गाविस लालु  माल्कोट ,रुप्सा, कुमालगाँउ, कोटवाडा, मेहेलमुडी, मुम्रा, सिप्खाना, स्युना, फुकोट, नानिकाेट, धाैलागाेह, खिन, थिर्पू, राम्नाकाेट र वदालकोट गाविसमा दोस्रो चरणको खोप अभियान हिजो वाट सुरु भएको हो ।  
 
जिल्ला स्वास्थ्य कार्यलय कालीकोटको आयोजनामा यि १६ वटा  गाविस इलाका स्वाथ्य चौकी तथा स्वास्थ्य चाकीहरु द्धारा  दादुरा रुवेला विरुद्धको खोप अभियान गाँउ गाँउमा संचालन गरीएको  जिल्ला स्वास्थ्य कार्यालय कालिकाेटले जनाएकाे छ । जिल्लामा रहेका कुल २२ हजार २ सय ५७ जना बालबालिलाई यो खोप लगाउने लक्ष्य लिएको जिल्ला स्वास्थ्य कार्यलय कालीकोटले जनाएको छ ।