• on Airनेपाली अावाज खबर
  • Up Nextसाझा खबर

ताजा अपडेट

मनोरञ्जन/खेलकुद

n

करिना चाहन्छिन् आत्मकथा लेख्न

बलिउड सुन्दरी करिना कपुरलाई कुनै पनि चलचित्रको निर्देशन गर्ने सोख छैन । न त उनलाई कुनै चलचित्र निर्माण गर्ने नै सोच छ । आखिर, करिना के गर्न चाहन्छिन् । बलिउडमा पछिल्लो समय अन्य नायिकाले उछिनेपछि करिना अहिले हराएजस्तै भएकी छिन् । करिनाले अभिनय गरेको चलचित्र ‘की एन्ड का’ रिलिजको तयारीमा छ । उनै करिनाले आफूलाई आत्मकथा लेख्न मन लागेको बताएकी छिन् ।
 
उनले भनिन्(‘म गीत गाउन सक्दिन । मलाई न त निर्देशक बन्ने चाहना छ, न त निर्माता नै । म आत्मकथा लेख्न चाहन्छु ।’ बलिउडमा निरन्तर असफल चलचित्र दिइरहेकी करिनाका लागि ‘की एन्ड का’ नामक चलचित्र महत्वपूर्ण छ । यो चलचित्रमा अर्जुन हाउस हजवेन्डको भूमिकामा देखिएका छन् भने करिना काम गर्ने श्रीमतीको रुपमा पर्दामा देखिदैछिन् ।