• on Airनेपाल खबर
  • Up Nextनेपाली अावाज खबर

ताजा अपडेट

स्थानिय समाचार

n

भ्रष्टचारकाे पहिलाे जड राजनीति -पूर्व मन्त्रि शर्मा

 २०७२ फागुन १३ जुम्ला/पूर्व शान्ती तथा पुर्ननिमार्ण मन्त्री एवं एकिकृत नेकपा माओबादी रुकुम क्षेत्र नं २ का सांसद जर्नादन शर्माले देशमा राजनैतिक पक्ष भष्टाचार बाट मुक्त भए अन्य निकायलाइ पनि भष्टचार मुक्त बनाउन सकिने बताउनु भएको छ । देशमा बढ्दै गएको भष्टाचार राजनैतिक क्षेत्रले तोड्नु पर्नेमा आफै भष्टाचारबाट अछुत रहन नसकेको उहाको भनाइ छ । एकिकृत नेकपा माओबादी जुम्लाको पार्टी प्रशिक्षणका लागि जुम्ला पुग्नु भएका शर्माले पत्रकारसँगको भेटघाटमा यस्तो बताउनु भएको हो ।

प्रदेश नं ६ को विकास अब सुर्खेतबाट नभएर कर्नालीबाट हुनु पर्ने उहाको भनाइ छ । पहिले काठ्माडौबाट पछि परेको कर्नाली अब सुर्खेतबाट पछि पर्नसक्ने भन्दै यस प्रदेशको विकास हुम्ला, डोल्पा लगाएत कर्नालीबाटै हुनु पर्ने उहाको धारणा छ । पत्रकार सम्बेलनमा पूर्ब शान्ती तथा पुर्ननिमार्ण मन्त्री शर्माले प्रदेश नं ६ को राजधानी जुम्ला हुनु पर्ने पार्टीको धारणा र बिचार के छ भन्ने पत्रकारहरुको प्रश्नमा अहिले भन्न नमिल्ने भन्दै सबै जनताको माग र सामथर्नको आधारमा हुने बताउनु भयो ।

जुम्ला देशकै एक नमुना शहर बनाइने दस्ताबेज निमार्ण गरिएको उहाले बताउनु भयो । प्रदेश नं ६ को राजधानीका बिषयमा उहा यस्तो बताउनुहुन्छ । सबै दल तथा जनताको सहभागितामा देशमा संविधान निर्माण गरीएकोले अब संविधानको कार्यान्वयनमा जोड दिनु पर्ने भन्दै कार्यान्वयन भए सबैको हक सुनिश्चीत हुने उहाको भनाइ छ । संविधान ल्याउन आफ्नो पार्टीको महत्वपूर्ण भुमिका रहेको जानकारी गर्दै आगामी दिनमा जनताको जनजिबनका मुद्धालाइ ध्यानमा राखेर सरकारलाइ झकझकाउदै पार्टी अघि बढ्ने उहाको तर्क छ ।

कर्नालीका सबै जनता, दल र विज्ञहरुको सल्लाहका आधारमा सबैभन्दा गरिब प्रदेशका रुपमा चिनिएको प्रदेश नं ६ को विकास कार्यमा अघि बढ्ने उहाले जानकारी दिनु भयो । कर्नालीसँग अपार सम्पदा रहेको उल्लेख गर्दै शर्माले प्राकृतिक स्रोत साधानलाइ सहि सदुपयोग गर्न सके ब्यक्ति तथा राज्यलाइ आर्थिक टेवा पुग्ने बताउनु भयो ।