• on Airनेपाल खबर
  • Up Nextनेपाली अावाज खबर

ताजा अपडेट

स्थानिय समाचार

n

१९ औं जिल्ला परिषदको बजेट सार्वजनिकीकरण सम्पन्न

२०७२ फागुन १४ कालिकाेट/जल जंगल उद्योग खानी पर्यटन र शिक्षा, रोजगारी सृजना गन्र्या कालिकोटको इच्छा भन्ने मूल नाराका साथ निमित्त स्थानीय विकास अधिकारी भोला प्रसाद चापागाईको अध्यक्षतामा आज उद्घाटन गरिएको १९ औं जिल्ला परिषद बजेट सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भएको छ । प्रमुख अथिति माननिय सांसद तुलाराज विष्टको प्रमुख आथित्यता माननिय जिल्ला न्यायाधिस केशवराज विषेश आथित्यता, पूर्व सभासद नमराज कोइरला, प्रमुख जिल्ला अधिकारी प्रदिप श्रेष्ठ लगायत जिल्ला तथा केन्द्रमा कृयाशिल राजनैतिक दलका प्रतिनिधिहरुको आथित्यतामा उद्घाटन गरिएको हो ।
 
योजना तर्जुमाका १४ औं चरणहरु पार गर्नका लागि गाउ, वडा, गाविस, इलाका हुदै जिल्ला स्तर सम्मको १३ औं चरणमा आज १९ औं जिल्ला परिषदको बजेट सार्वजनिकीकरण गरिएको हो ।  बजेट सार्वजनिकीकरण समारोहमा आव २०७३/०७४ को बार्षिक नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै निमित्त स्थानीय विकास अधिकारी भोला प्रसाद चापागाईले जिल्लामा सबै निकाय बाट प्राप्त कुल बजेट २ अर्व ४९ करोड ३७ लाख ५१ हजार आव २०७३/०७४को प्रस्तावित बजेट प्रस्तुत गर्नु भएको छ । जसमा चालु तर्फ १ अर्ब ३६ करोड ४६ लाख ४४ हजार र पुजीगत तर्फ १ अर्ब १२ करोड ९१ लाख ७ हजार रहेको बताउनु भएको छ ।
 
यसैगरी चालु आव २०७२/०७३ को संसोधित कुल बजेट २ अर्ब ६७ करोड ८८ लाख १६ हजार रहेको बताउनु भएको छ । जसमा चालु तर्फ १ अर्ब ४८ करोड ८७ लाख ९२ हजार (५५ प्रतिशत) र पुजिगत तर्फ १ अर्व १९ करोड ११ लाख २४ हजार (४५ प्रतिशत) बजेट रहेको छ ।
 
आव २०७३/०७४को प्रस्तुत गरिएको प्रस्तावित बजेटमा भौतिक पूर्वाधार विकास तर्फ १ अर्ब २७ करोड ५ लाख ९१ हजार, सामाजिक विकास तर्फ १ अर्ब १ करोड, ५५ लाख ३६, आर्थिक विकास तर्फ १८ करोड ८२ लाख ३ हजार र बन तथा बातावरण विकास तर्फ १ करोड ९४ लाख २१ हजार वजेट विनियोजन गरिएको छ ।
 
जिल्ला विकास समितिको आ.ब २०७२/०७३मा आन्तरिक र बाह्य श्रोतबाट २८ लाख ६० हजार राजस्व जम्मा भएको र नेपाल सरकार, अन्य बाह्य अनुदानबाट ८४ करोड ८९ लाख ३१ हजार गरी कुल ८५ करोड १७ लाख ९१ हजार अनुमान गरिएकोमा हाल सम्म २८ लाख ६० हजार बजेट प्राप्त गरिएको जनाईएको छ ।
 
यसै गरी जिल्ला विकासको एमसिपीएम सूचकहरुमा सुधार आई विकास अनुदानमा गत बर्ष प्राप्त भएको अनुदानमा बृद्धि भै यस बर्ष १ करोड २७ लाख ४२ हजार बजेट प्राप्त भएको चालिसेले बताउनु भएको छ ।