• on Air
  • Up Nextसाझा खबर

ताजा अपडेट

स्थानिय समाचार

n

‘ऐया–ऐया भनिरहे बचाउन सकिँन’ प्लेन सहचालक रानालाइ -अहेव जंगबहादुर रावल

२०७२ फागुन १४ कालिकाेट/शुक्रबार चिल्खाया स्वास्थ्य चौकीमा म विरामीलाइ जाँच गरिहेको थिए । अन्दाजी दिउँसो १२ बजेर ४५ बजेको थियो । एक्कासी अरु दिनको भन्दा प्लेनको ठूलो आवाज आयो । बाहिर हेर्दा प्लेन तल–तलबाट आएको देख्यौं । आज प्लेन सधैँ जुम्ला जाने रुट भन्दा फरक ठाउँबाट आइरहेको थियो । ढलपल ढलपल गर्दै आएको प्लेन केही बेरमा नै स्वास्थ्य चौकीबाट करिब दुई सय मिटर टाढा गहुँ खेतमा खस्योे । ठूलो आवाज आयो । हामी हत्तपत्त दौडियौं जहाज खेतमा ठोक्किएको रहेछ । म स्वास्थ्यकर्मी भएको नाताले विमान दुघर्टना भएको स्थानमा प्रथामिक उपचारको सामान सहित हताहतारमा दौडिए ।

परबाटै विमानको अवस्थामा देख्दा केही समय म आफै आत्तिए । त्यसपछि तुरुन्तै प्रहरी चोकीमा खबर गरेँ । विमानको नजिक पुग्दा ढोका आफैं खुलेको अबस्थामा रहेछ । त्यहाँबाट २ जना यात्रु आफैं बाहिर निस्केर बसेका रहेन्छन् । अन्य यात्रुहरु भने विमान भित्रै रहेछन् । स्थानियको सहयोगमा भित्र रहेका घाईतेहरुलाई निकाल्न लाग्यौं । खेतको कान्लामा विमानको अघिल्लो भागमा जोतिएको थियो ।

विमान चालक विमानभित्रै च्यापिएका रहेन्छन् । उनीहरुको स्थिति अलि नाजुक देखेर म यात्रीहरुभन्दा पाईलटलाई निकाल्ने प्रयास गर्न थाले । पाइलटलाई जसोतसो निकालियो तर कोपाइलट खुट्टा विमानको अघिल्लो भागले चपेको थियो । त्यही भएर निकाल्न सकिन्ने अबस्थामा नै थिएन । उनको विमानमै मृत्यु भइसकेको थियो । पाईलट न्यौपानेलाई च्यापिएको ठाउँबाट निकालेर खेतमा उपचारको गरियो । उनी, ‘ऐया–ऐया’ मात्रै भन्दै थिए । उनको टाउकोमा ठूलैचोट लागेको थियो भने दुबै खुट्टा समेत भाँचिएको थियो । बाहिर निकालेको एक घन्टासम्म ‘दुख्यो–दुख्यो’ मात्रै भन्दै थिए । हामीसँग प्राथमिक उपचार गर्ने बाहेक अरु अपकरण थिएन ।

डेढ घन्टासम्म उद्धार टोली आएन । त्यहीँ खेतमा उनको उपचारको क्रममा मुत्यु भयो । ‘हामीले सक्दो उपचार र्गयौं तर बचाउन सकिएन तर समयमै हेलिकोप्टर पुग्न सकेको भए सायद बाँच्थे कि रु’ स्वास्थ्यचौकीका अन्य साथीहरुको सहयोगमा घाइते यात्रुको खेतमै उपचार गरियो । विमान भित्रबाट घाइतेहरुलाई वाहिर गहू खेतमै उपचार गर्न थाल्यौ ।

घाइतेमध्ये जुम्ला पटमाराका लक्ष्मण खड्काको अवस्था चिन्ताजनक छ भने अन्य सबै होसमै थिए । घटनास्थलमा दुईघन्टा टाढाको पादमघाट प्रहरीचौकीबाट साढेदुई बजे असई सहित छ जना प्रहरीको टोली आईपगे । उद्धारमा सहयोग गरे । दुघर्टना भएको करीब ४ घण्टापछि हेलिकप्टरमा राखेर घाईते र मृतकलाई कोहेलपुर पठाइयो ।