• on Airनेपाली अावाज खबर
  • Up Nextसाझा खबर

ताजा अपडेट

स्थानिय समाचार

n

हुम्लामा शैक्षिक शत्र शुरु विद्यालय भने बन्द

२०७२ फागुन २०, हुम्ला/सँधै फागुन १ गते देखि विद्यालय खुल्ने हुम्लामा अँझै सम्म अधिकांश विद्यालय खुलेका छैन्न । खुलेका विद्यालयमा समेत पढाई शुरु भएको छैन् । 

नयाँ शैक्षिक शत्र फागुन १ गते देखि शुरु हुने हुम्लामा हरेक वर्ष फागुन १ गते देखि नै विद्यालय सूचारु भएर पढाई हुनु पर्ने सरकारी नियम छ । विदालयका शिक्षकले फागुन १ गते सम्म मिनपचास विदा हुने र ५ दिन सम्म स्थानीय विदा हुने भएकाले पनि विद्याललय शुरु हुने भन्दै पञ्छिएका छन् ।

जिल्ला सदरमुकाम सिमकोटकै वालमन्दिर माध्यमिक विद्यालयका निराजन रोयाका अनुशार नयाँ शैक्षिक शत्र शुरु भएको १५ दिन वितिसकेपनि विद्यालय समयमा खुलेन । झण्डै एकसाता पछि खुलेको वालमन्दीप्रमा अँझै पढाई सूचारु भएको छैन् । सदरमुकाम सिमकोटकै मनासरोवर उच्च माध्यमिक विद्यालयको पनि हालत उस्तै छ ।

शैषिक शत्र शुरु भएको २ हप्ता पछि विदालय खुलेपनि पढाई सूचारु नभएको विद्यालयमा युवक रावत बताउँछन्  । सबै नियमनकारी निकायको प्रत्यक्ष जिगरानीमा रहेका विद्यालयको हालत त यस्तो छ भने सदरमुकाम सिमकोट बाहिरका विद्यालयको अवस्था झनै नाजुक भएको श्रीनगरका पदम दमाईले बताए । फागुन महिना सकिन लाग्दा विद्यालयका शिक्षक नै नआएको बताएका दमाइले पढाईको त कुनै शुरुसारै नभएको बताए । 

विद्यालय नखोलेको र पढाई सूचारु नभएको बताइए पनि शिक्षकले भने नियम संगत नै विद्यालय ढिला खुलेकोे दावी गरेका छन्  । मानसरोवर नमुना उच्च माध्यमिक विदालयका प्रधानाध्यापक अमरबहादुर शाहीले फागुन १ गतेसम्म शिक्षकलाई मिनपचास विदा दिएको र ५ गते सम्म आफूले पाउने वर्षभरीको स्थानीय पर्व विदा जोडेका कारण विदालय दोस्रो साता देखि खोल्दा हुने दावी गरे । उनका अनुशार मानसरोवरमा फागुन २३ गते देखि पढाई हुने छ ।

उता बालमन्दिर माध्यमिक विदालय प्रधानाध्यापक कैलसा रोकायाका अनुशार यस वर्षपनि हुम्लाका विद्यालयमा सरकारी मान्यता अनुशार पढाई नहुने संकेत देखिएको छ । सरकारले तोकेको पाठ्यक्रम अनुशार एक शैषिक शत्रमा २ सय २० दिन विद्यालय खोल्ने र १ सय ९० दिन पढाई हुनु पर्दछ । नत्र पाठ्यक्रम सकिदैन् । जसका लागि हुम्लामा फागुन १ गते देखि नै विद्यालयमा पढाई हुनु पर्दछ । 

जिल्ला शिक्षा कार्यालय हुम्लाका विद्यालय निरिक्षक विण्णुबहादुर शाहीले जिल्लाका सबै विद्यालय फागुन ९ गतेबाट अनिवार्य खुल्नु पर्ने बताउनु हुन्छ । मिनपचास विदा, स्थानीय पर्व विदा र प्रजातन्त्र दिवशका कारण केही ढिला भएपनि फागुन ९ गते देखि अनिवार्य रुपमा खोल्नु पर्ने बताउँछन । जिल्लाका अिधकांश विद्यलाय नखुलेको बारेमा जानकारी नपाएको शिक्षा कार्यालय आफूले अव बुभ्mने बताएको छ । 

पुष १५ सम्म विद्याललय लाग्ने भएपनि चिसोको कुरा गर्दै जिल्लाका शिक्षक छिटो विद्यालय बन्द गर्ने र फागुनमा समेत केही ढिला भएका कारण विद्यालयको पढाई निर्धारित दिन अनुशार पढाई नहुने समस्या हरेक वर्ष दोहोरिने गरेको छ । सरकारले हरेक विद्यालयमा एक शैक्षिक शत्रमा २ सय २० दिन अनिवार्य विद्यालय खोल्नुपर्ने र १ सय ९० दिन पढाई हुनुपर्ने व्यवस्था भएपनि हुम्लामा त्यस अनुशार न विद्यालय खुल्छन् न विद्यालयको पढाइ नैं हुन्छ ।

परिक्षा प्रर्णालीमा राष्ट्रिय स्तरका विद्यालय सँग तुलना हुने तर पढाई त्यसको एक चौथाई पनि नभएपछि दिनानु दिन उत्पादित जिम्लाको जनशक्ति गुणस्तरमा कम हुदैं गएको देखिन्छ । परिक्षाका दिन मात्रै निकै सिद्धान्तलाई आधारमानेर प्रस्तुत हुने जिल्लाको जिम्मेवार निकायले विद्यालय खोल्ने र विद्यालयको पढाईमा समेत ध्याने हो भने मात्रै जिल्लाको शिक्षालाई सही मार्गमा निर्देश गर्न सकिन्छ कि !