• on Air
  • Up Nextसाझा खबर

ताजा अपडेट

स्थानिय समाचार

n

मुगुको जिल्ला परिषद्मा विवाद, मंच तोडफोड

फागुन २०, मुगु/जिल्ला विकास समिति मुगुमा चलिरहेको नबौ जिल्ला परिषद्मा मर्यादाक्रमअनुसार मन्तव्य व्यक्त गर्न नदिएको विषयमा विवाद बढेपछि नेपाली काँग्रसका जिल्लास्तरीय नेताले मञ्च तथा कुर्सी टेबल भाँचेर तोडफोड गरी परिषद्. बिथोलेका छन् । नेपाली काँग्रेसकी कावा सभापति सूर्यदेवी मल्लका अनुसार मर्यादाक्रमअनुसार सानो पार्टीबाट हुँदै अन्तिममा ठूलो पार्टीलाई बोल्न दिने चलन भएपनि नेपालकै ठूलो पार्टी काँग्रेसको प्रतिनिधिलाई दोस्रो ठूलो पार्टी नेकपा एमालेभन्दा अगाडि बोल्न बोलाइएपछि विवाद भएको हो । प्राप्त पछिल्लो समाचारअनुसार स्थानीय विकास अधिकारी प्रह्लादप्रसाद पुडासैनी र प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले गल्ती भएको भन्दै क्षमा मागेपछि अहिले मञ्चबिनाको चौरमा कार्यक्रम सुरु भएको छ ।