• on Airनेपाल खबर
  • Up Nextनेपाली अावाज खबर

ताजा अपडेट

स्थानिय समाचार

n

हामीले के गल्ती गर्‍यौं र नाकाबन्दी गरेको ? -प्रचण्ड

२० फागुन, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डले भारतीय जनता पार्टीका नेता भगतसिंह कोशियारीलाई सम्बोधन गर्दै खुल्लामञ्चबाटै प्रश्न गरेका छन् । हामीले के गल्ती गरेका थियौं र नेपालमाथि नाकाबन्दी गरेको छ । नेपाली कांग्रेसको महाधिवेशन उदघाटन समारोहमा सहभागी भएका बीजेपी नेता कोशियारीको नाम लिँदै प्रचण्डले भने( ‘कोशियारीजी बोलेर जान लाग्नुभएको थियो, मैले भनें पख्नोस् तपाईलाई नै सुनाएर मैले केही बोल्नुपर्नेछ, हामीले के गल्ती गरेका थियौं र हामीमाथि नाकाबन्दी गर्नुभयो ।
 
प्रचण्डले अब इतिहासमा यस्तो घटना नहोस् भन्दा कोसियारीले ध्यानपूर्वक सुनेका थिए । बेलाबेलामा उनले नमस्कार शैलीमा हात उठाएका थिए । नेपाल र भारतवीचको सम्बन्ध कोशियारीले भनेजस्तै अन्योन्याश्रित भए पनि नाकाबन्दीजस्ता घटनाले गर्दा नेपालीको भावनामा चोट पुगेको प्रचण्डले भारतीय नेताहरुलाई बताए । आफू र गिरिजाप्रसाद कोइरालाको प्रयासबाट मुलुकमा अहिलेको परिवर्तन सम्भव भएको बताउँदै प्रचण्डले अब नेपाली कांग्रेसले कस्तो नीति अलवम्बन गर्छ भन्ने आफूले चासोका साथ हेरिरहेको प्रचण्डले बताए ।