• on Airनेपाल खबर
  • Up Nextनेपाली अावाज खबर

ताजा अपडेट

स्थानिय समाचार

n

बन्ने भो बालबालिका सम्बन्धि श्रोत ब्यवस्थापन निर्देशिका

२०७२ चैत्र ४ कालिकोट/जिल्लाको विभिन्न सरकारी तथा गैर सरकारी निकायबाट बालकालिकाको नाममा परिचालन हुने श्रोतलाई एकिकृत गराउन जिल्लामै पहिलो पटक श्रोत ब्यवस्थापन निर्देशिका बन्ने भएको छ । बालबालिकाहरुको श्रोत नक्सांकनका लागि महिला तथा बालबालिका कार्यालय कालिकोट र जिल्ला स्तरिय सरोकारवाला निकायहरु सहभागितामा बसेको समन्वयात्क बैठकले यस्तो निर्णय गरेको हो ।
 
कालिकोट जिल्लामा बालबालिका सम्बन्धी काम गर्ने सरकारी तथा गैर सरकारी निकायहरु विच समन्वय गरी अगाडी बढ्ने उद्देश्यले आयोजना गरिएको बैठकमा विभिन्न निकायबाट बालबालिकाको नाममा उपलब्ध श्रोत नक्सांकनलाई ब्यवस्थीत गर्न श्रोत परिचालन निर्देशिका तयार पार्ने र यसका लागि महिला तथा बालबालिका कार्यालयको संयोजकत्वमा ५ सदस्यीय मस्यौदा समिति समेत गठन भएको जनाइएको छ । सदस्यमा जिल्ला विकास समितिका नारायण लामा, किर्डाक नेपालका खिम बहादुर केसी, हुरेन्डेकका खडानन्द चौलागाई र सहास नेपालका सर्मिला सुनुवार रहेका र समितिले एक हप्ता भित्र मस्यौदा समेत तयारी गरिसक्ने जनाइएको छ ।
 
समन्वयात्मक बैठकले बालबालिका सम्बन्धी काम गर्ने जिल्लाका सबै निकायले एक हप्ता भित्र जिम्मेवारी ब्यक्ति तोकि सबै निकायलाई जानकारी गराउने, नयाँ शैक्षिक सत्र सुरुहुन लागेको सन्दर्भपरी बालबालिकाहरुलाई जिल्ला बाहिर पठनपाठन गराउने निहुँमा बालबालिकाको ओसार पसार गर्ने प्रबृति बढेकाले सबै सरोकारवाला निकायलाई विशेष सतर्कता सहित यसको रोकथामका लागि अनुरोध गर्ने जस्ता विभिन्न निर्णयहरु गरिएको किर्डाक नेपालका खिम बहादुर केसीले जानकारी दिनु भएको छ ।