• on Air
  • Up Nextसाझा खबर

ताजा अपडेट

स्थानिय समाचार

n

कालाशिल्ला प्राथमिक विद्यालयलाई शान्तिक्षेत्र घोषणा

कालिकाेट/ जिल्ला सदरमुकाम मान्म देखि पश्चिम तर्फ पर्ने रकु गाविस वडा नं. ९ कयारीमामा रहेको कालाशिल्ला प्राथमिक विद्यालयलाई आज एक कार्यक्रमको आयोजना गरी विद्यालय शान्ति क्षेत्र घोषणा गरिएको छ ।
 
विद्यालयका ब्यवस्थापन अध्यक्ष दमनराज देवकोट अध्यक्षता गाविस बाल संरक्षण समितिका सदस्य बलिराम देवकोटा प्रमुख आथित्यतामा विद्यालय ब्यवस्थापन समिति, विद्यालयमा कार्यरत शिक्षक, अभिभावक, स्थानीय राजनैतिकदलको उपस्थिति ११ बुदे प्रतिवद्धता सहित विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिएको विद्यालयका प्राधानाध्यापक जयशर्मा देवकोटले टेलिफोन मार्फत जानकारी दिनु भएको छ ।
 
कुनैपनि शिक्षक अभिभावकहरुले जाड रक्सी खाएर विद्यालय हाताभित्र प्रबेश नगर्ने, अभिभावहरुले आफ्ना साना बालबालिकाहरुलाई सूर्तिन्य तथा मदिराजन्य पदार्थ किनमेल गर्न नपठाउने, विद्यालय हाताभित्र छाडा चौपायाहरु नछाड्ने, विद्यालय हाता भित्र कुनैपनि राजनैतिक दलहरुले भेला आमसभा जस्ता कार्यक्रमहरु नगर्ने जस्ता ११ बुदे प्रतिवद्धता सहित विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिएको प्राधानाध्यापक देवकोटाले बताउनु भएको छ ।