• on Air
  • Up Nextसाझा खबर

ताजा अपडेट

स्थानिय समाचार

n

पूर्व साक्षरता तथा गणितीय सिप विकासका लागि अभिमुखीकरण

२०७२ चैत्र ५ कालिकोट/चार बर्ष मुनिका बालबालिकाहरुलाई रचनात्क तथा मनोरञ्जनात्क तरिकाले पढन पाठन गरी बानीको विकास गर्ने अभिप्रायले संचालित बालविकास केन्द्रका सहयोगीहरुलाई पूर्व साक्षरता तथा गणितीय सिप विकास अभिमुखिकरण गरिएको छ । किर्डाक नेपाल कालिकोट र सेभ द चिल्ड्रेनको संयुक्त साझेदारमा संचालित एकिकृत परियोजना कालिकोटको आयोजनामा संचालित कालिकोट १२ वटा गाविसमा संचालित बालविकास केन्द्रका सहयोगीलाई ५ दिने अभिमुखिकरण जिल्ला सदरमुकाम मान्ममा गरिएको हो ।

गएको फागुन ३० गते देखि किर्डाक नेपाल कालिकोटको सभा हलमा संचालन गरिएको अभिमुखीकरणमा प्रारम्भिक बालविकास केन्द्रको अवधारणा, पाठ्यक्रमको परिचय, पाठ्यक्रमको उद्देश्य, गणितिय सिप विकासका लागि आधारभूत ज्ञानबारे सहयोगीलाई अभिमुखीकरण गरिएको किर्डाक नेपाल कालिकोटका फिल्ड अधिकृत धनिराम न्यौपानेले बताउनु भएको छ ।

पाच दिने अभिमुखिकरणको सहजिकरण सेतो गुराँस सुर्खेतका जानकी देवकोटाले गर्नु भएको र अभिमुखीकरणमा परियोजना संचालित १२ वटा गाविसका २४ जना बालविकास केन्द्र सहयोगीहरुको सहभागीता रहेको फिल्ड अधिकृत न्यौपानेले बताउनु भएको छ ।

किर्डाक नेपाल कालिकोटले एकिकृत परियोजना मार्फत कालिकोटका १२ वटा गाविसका १ सय ८ विद्यालय, ९० वटा बालविकास केन्द्र, ७१ वटा बालक्लव, १२ गाउँबाल संरक्षण समिति र १२ गाउँ बाल शिक्षा समितिहरु संग मिलेर बालबालिका सम्बन्धि काम गरिरहेको एकिकृत परियोजनाका अधिकृत खिम बहादुर केसीले बताउनु भएको छ ।