• on Airनेपाल खबर
  • Up Nextनेपाली अावाज खबर

ताजा अपडेट

स्थानिय समाचार

n

कालिकोटमा विपद ब्यवस्थापन सम्बन्धि कार्ययोजना बन्दै

 
२०७२ चैत्र १७ कालिकोट/विपदको उच्च जोखिममा रहेको कालिकोटमा आज विपद जोखिम न्यूनिकरण सम्बन्धि दुई दिने अन्तरक्रियात्मक गोष्ठी संचालन भएको छ । जिल्ला विकास समिति कालिकोटको आयोजना यूनिसेफ नेपालको आर्थिक सहयोगमा अन्तरक्रियात्मक गोष्ठी संचालन भएको हो ।
 
निमित्त स्थानीय विकास अधिकारी भोला प्रसाद चापागाईको अध्यक्षता प्रमुख जिल्ला अधिकारी प्रदिप श्रेष्ठको प्रमुख आथित्यता, विभिन्न राजनैतिक दल, सम्बन्धित सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख, प्रतिनिधि, पत्रकार लगायतको उपस्थितिमा हाल जिल्लामा विपद जोखिमको अवस्था र यसलाई न्यूनिकरण गर्न सरोकारवाला निकायले खेल्न पर्ने भूमिका बारे छलफल भएको छ । 
 
विपद ब्यवस्थापनका लागि आवश्यक कार्ययोजना निर्माणका लागि ७ वटा विषयगत समुहमा विपद निम्त्याउने कारण र न्यूनिकरणका उपाएहरुबारे समुह समुहमा समेत छलफल भएको जिल्ला विकास समिति अन्तर्गत एलजिसिडीपी कार्यक्रमका सरकार सासन विज्ञ नाराणय लामाले बताउनु भएको छ । दुई दिन सम्म संचालन हुने अन्तरक्रियात्क गोष्ठीको अन्तिम दिन संयुक्त छलफल गरी कार्ययोजना समेत घोषणा गर्ने कार्यक्रम रहेको लामाले बताउनु भएको छ ।
 
कालिकोटमा हाल बिपद जोखिमको प्रमुख कारणहरु मध्य पहिरो पहिलो स्थानमा रहेको, खडेरी दोश्रो चरणमा, बाढी तेश्रो स्थानमा, ढुंगा खस्ने चौथो स्थानमा हावाहुरी पाचौं, असिना छैंठौं, आगलागी सातौं, महामारी आठौं र हिमपात नवौं स्थानमा रहेको भन्दै जिविसले एक तथ्यांक समेत सार्वजनिक गरेको छ ।