• on Airनेपाली अावाज खबर
  • Up Nextसाझा खबर

ताजा अपडेट

स्थानिय समाचार

n

कर्नाली राजमार्गमा सिण्डिकेट खारेज

२०७३ जेठ ५ जुम्ला/कर्नाली राजमार्गमा यातायात सिण्डिकेट खारेज भएको छ । चन्दननाथ यातायात प्रालीले कम्पनीको नाममा रुट पर्मिट र यातायात व्यवस्था विभागमा पञ्जिकृत गराएर यातायात सेवा शुरु गरेपछि कर्नाली यातायातले लगाउदै आएको सिण्डिकेट सकिएको हो ।

यो संगै अब लामो समय देखि सिण्डिकेटले गर्दा सास्ती भोग्दै आएका यात्रुले अव सस्तो भाडामा सहज यात्रा गर्न पाउने विश्वास लिइएको छ । स्थानीय प्रहरी प्रशासनको सक्रियताले विधि पुगेका वस सेवा सञ्चालन गर्न सम्भव भएको यातायात व्यवसायीहरु बताउँछन ।

जुम्लामा चैत २६ गते देखि यातायात सिण्डिकेट हटाउने वारेमा पटक पटक वार्ता र छलफल हुदै आएपनि कर्नालीले  यातायात तयार नहुदा सहमति हुन सकेको थिएन ।  कर्नाली यातायातले पटक पटक सडक अवरुद्ध गर्दै आएको थियो ।

कर्नालीमा व्यवसायीहरु बीच स्वस्थ प्रतिस्पर्धा हुने र यहाँका जनताले आफुले चाहेको वसमा सरकारले निर्धारण गरेको भाडादरमै यात्रा गर्न आउने प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिनुभयो । -कान्तिपुर