• on Airनेपाल खबर
  • Up Nextनेपाली अावाज खबर

ताजा अपडेट

राष्ट्रिय समाचार

n

सरकार ! यता सुर्खेतमा पनि नजर लाऊ

फेरी बर्खा लाग्न थालिसक्यो । ओत लाग्ने ठाउँ छैन । खुल्ला आकाशमुनी त्रिपालको साहारामा जीवन व्यतित गरिरहेका सुर्खेतका बाढीपीडितहरुलाई अब बर्खाबाट कसरी जोगिने भन्ने चिन्ता थपिएको छ । सरकारले पुनर्वास तथा पुनस्र्थापनामा चासो नदिँदा विस्थापित परिवारहरुको विचल्ली भएको छ । 
०७१ साउन २८ र २९ गते भीषण वर्षासँगै आएको बाढीले १ सय १५ जनाको ज्यान लियो । १४ सय ६५ घर पूर्ण क्षति भए । ८ सय ६७ आंशिक क्षति हुन पुगे । सयौंको बिल्लीवाठ भयो । अहिले ठीक दुई वर्ष बित्दैछ । तैपनि, पीडितहरुको घाउमा मल्हम लागेको छैन् । विस्थापितहरुले सरकार छ भन्ने सम्म अनुभूति गर्न पाएका छैनन् । विस्थापित अगुवा ललितजंग शाही भन्छन्, ‘हाम्रो लागि सरकार मरिसक्यो । सरकार ज्यूदो भए यो हालत हुन्थेन ।’ 
 
सुर्खेतको गिरीघाट, तरंगा, बाबियाचौरको तिखाकुना, लेखपराजुलको मसिना र वीरेन्द्रनगरको महिला प्रशिक्षण केन्द्रमा गरी करिब १ सय ६२ परिवारको बसोबास छ । ‘सरकारलाई गाली गर्न लागेको दुई वर्ष भयो । सरकार त सुन्दै सुन्दैन्,’ रंगा कामी भन्छिन्, ‘नेताले त गरिबको नाममा राजनीति गर्दारहेछन् ।’
तस्बिरहरु : प्रकाश अधिकारी