• on Airनेपाली अावाज खबर
  • Up Nextसाझा खबर

ताजा अपडेट

स्थानिय समाचार

n

लालिघाट बजारमा पहिरो, ३ जनाको मृत्यु, ४ जना ब्यपत्ता

जेठ ७ कालिकोट/जिल्ला सदरमुकाम मान्म देखि पश्चिम तर्फ पर्ने कोटवाडा गाविस वडा नं. ६ मा पर्ने लालिघाट बजारमा हिजो राती १२ बजेतिर आएको अविर बर्षा सहितको पहिरोमा परी ३ जनाको मृत्यु भएको छ ।

पहिरोमा परी मृत्यु हुनेमा स्यूना गाविस वडा नं. २ का संजितेटमटाकी पत्नी धनमती टमटा, धौलागोह ३ का लक्षु भण्डारी, स्यूना ३ का हिर विक रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

पहिरोका कारण २ दर्जन बढी पसलहरु क्षेति भएको र ४ जना ब्यपक्ता रहेको प्रहरीले जनाएको छ । ४९ वटा ब्यापारीक पषल तथा होटलहरु रहेको लालिघाट बजार कर्नालीको तिरमा रहेको र बजार संगै खहरे खोला बढी भएका कारण यस्तो क्षेति हुन गएको प्रहरीले जनाएको छ ।