• on Airनेपाल खबर
  • Up Nextनेपाली अावाज खबर

ताजा अपडेट

राष्ट्रिय समाचार

n

पर्यटककाे पाेशाकमा पर्यटन मन्त्री अन्तराष्टिय बिमानस्थल पुग्दा

काठमाडौं ३ असोज । आइतबार मन्त्रिपरिषदको बैठक सकिने वित्तिकै मन्त्रीहरु कोही कार्यालय र कोही निवास तिर लागे । तर साँझ परेपछि आफ्नो हुलिया बदलेर पर्यटन मन्त्री जीवनबहादुर शाही भने विमानस्थल हानिए । दिउँसो मन्त्रालय र मन्त्रिपरिषदको कार्यालयमा लगाएको सबै औपचारीक पोशाक परिवर्तन गरे । कालो पाइन्ट, सेतो टिसर्ट, कालो चम्सा, स्पोर्ट जुत्ता र कालो चस्म लगाएर उनी अन्तर्राष्ट्रिय विमानस्थलमा पुगे । विना सुरक्षागार्ड पुगेकाले उनलेको उद्देश्य थियो एकजना विदेशी पर्यटन नेपाल आउदा के-के झमेलामा फस्नुपर्छ ।
 
विमानस्थलको आन्तरिक व्यवस्थापनबाट रनवेमा पुगेका मन्त्री शाहीले इत्तेहातबाट आइरहेको अन्तर्राष्ट्रिय उडानलाई साहारा बनाए । मन्त्री शाही पर्यटकसँगै विमानस्थलको अध्यागमनमा प्रवेश गरे । जुब उनी अध्यागमनको चेकजाँचमा आइपुगे उनले केहीबेर त्यहाँको दृश्य नियाले । अध्यागमनका कर्मचारीले पर्यटकलाई गर्ने बेवास्था, लापरवाहीको अवस्थामा बारेमा राम्ररी जानकारी लिएपछि मात्रै उनले आफ्नो वास्तविक परिचय खुलाए ।
 
जब मन्त्री शाहीले ह्याट उतारेर वास्तविक परिचय खुलाए एकछिन अध्यागमनका कर्मचारीको सातो गयो । उनले विदेशबाट आउने पर्यटकलाई गर्ने व्यबहारका विषयमा सम्झाएपछि उनी विमानस्थलबाट निवासतिर फर्किदै थिए ट्याक्सीले गर्ने ब्यबहार र झमेलाका विषयमा पनि बुझ्न मन लाग्यो । उनी सिधै गए ट्याक्सीको पार्किङ स्थलमा । उनलाई देख्ने वित्तिकै दर्जन ट्याक्सीका चालकहरुले तानातान गरे । ती मध्यको एउटा ट्याक्सी राजेर पर्यटन मन्त्री शाहीले ठमेल जाने निधो गरे । ट्याक्सीमा बसेर उनले मोलमोलाई नगरि ठमेलको काठमाडौं गेष्टहाउसमा लैजान आग्रह गरे ।
 
बाटोमा पुगेपछि टेयाक्सी चालकले पर्यटक हो वा होइन भनेर जान्न केही सोधपुछ गरे । ‘के तपाई साच्चिकै पर्यटक हो त रु शंका लागेर ट्याक्सी चालकले सोधेका थिए । बा १ ग १०१६ नम्बरको ट्याक्सीमा ठमेल लागेका मन्त्री शाहीले आफु पहिला भारतीय रहेको अहिले लण्डमा बसिरहेको जानकारी दिए । अग्रेजी हिन्दी, फ्रेन्च लगायतका केही भाषा खररर बालेपछि टेयाक्सी चाकलले पर्यटक भएको विश्वास गर्यो । अनि ठमेलको दियोलो गेष्ठहाउस नै उक्त बस्ने ठाउा भएको भन्दै मोल मोलाई गर्न थाल्यो ।
 
मन्त्री  शाहीले पनि दियालो गेष्ठ हाउसमा सहमति जनाए । त्यहा पुगेपछि मोलमोलाईमा कुरा मिलेन र ट्याक्सी चाकलले नै हिमालयन गेष्ट हाउसमा पुर्यायो । त्यहँपनि कुरा नमिलेपनि मन्त्ती शाहीले आफु काठमाडौं गेष्टहाउसका नाममा आएको त्यही बस्ने अडान लिए । त्यो बिचमा ट्याक्सी चाकलले मन्त्री शाहीलाई आफ्नो जालमा पार्ने अनेक प्रयत्न गरेको थियो । विवाहीत भएको नभएको जानकारी लिने, केटी मिलाई दिने लगायतका अनेक प्रलोभन देखाएको थियो ।
मन्त्री शाहीले काठमाडौं गेष्ट हाउसमा नै बस्ने बताएपछि त्यही पुरयाएर ट्याक्सी चालकले १५ सय रुपियाँ दिनुपर्ने बतायो । पूर्व तयारी अनुसार काठमाण्डु गेष्ट हाउसमा पुगेका मन्त्री शाहीले आफ्नो सचिवालयको टिम, सुरक्षा गार्डलाई त्यही तैनाथ गरेका थिए । जब उनले हयाट खालेर आफु पर्यटक नभई पर्यटन मन्त्री भएको जानकारी दिए ट्याक्सी चालक छागाबाट खसे जत्तिकै भए ।
 
पछि उनले १५ सयको ठाउँमा ७ सय रुपियाँ दिए पुग्ने भन्दै त्यसमै चित्त बुझाएर फर्किनु पर्यो । एक साँझ पइटक भएर मन्त्री शाहीले विमानस्थल देखि ठमेल पुग्दा समेतको अप्ठ्यारो पत्ता लगाएका छने । अब उनले त्यसै अनुसार नीतिगत काम गर्ने बताएका छन् । ‘मलाई पर्यटकले कति दुःख पाउछने भन्ने जान्नु थियो त्यसको जानकारी भयो’ मन्त्री शाहीले भने, ‘अब म नीतिगत रुपमा केही काम गर्नेछु । ’