• on Airनेपाल खबर
  • Up Nextनेपाली अावाज खबर

ताजा अपडेट

स्थानिय समाचार

n

माेटरसाइल दुर्घटना ३ जनाकाे घटनास्थलमै मृत्यु

२०७२ माघ २९  कालिकोट/जिल्ला सदरमुकाम मान्म नजिकै रहेकाे ताडी भीरमा अहिले अपरान्न ५ः४५ बजे मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । ज्यान जानेमा कालिकोट दाहाँ गाविस–१ का केशबहादुर शाही, दाहाँ गाविसकै गोगनबहादुर शाही र कैलाली घर भएका सन्देश सिंह साउद रहेकाे जिल्ला प्रहरी कार्यालय कालिकाेटले जनाएकाे छ ।

जिल्ला सदरमुकाम मान्म देखि जुम्ला तर्फ जाँदै गरेको बा ४ ३९ प ५७३६ नम्बरकाे मोटरसाइकल तीब्र गतिका कारण घुम्तिमाेडमा माेड्न नसकी भीरबाट खसेको हुनसक्ने प्रहरीले जनाएकाे छ । मोटरसाइकल भीरबाट झण्डै दुईसय मिटर तल खसेको र घटनास्थलबाट तीनै जनालाइ उद्दार गरी पाेष्टमाटमकाे लागि जिल्ला अस्पताल लगिएकाे र घटनाबारे थप अनुसन्धान भैरहेकाे प्रहरीले जनाएकाे छ ।