• on Airनेपाल खबर
  • Up Nextनेपाली अावाज खबर

ताजा अपडेट

मनोरञ्जन/खेलकुद

n

घामपानीका कारण एेश्वर्यालाइ समय दिन सकिन- केकी

रमेश उप्रेतीको ऐश्वर्यामा केकी अधिकारी मुख्य भूमिकामा रहने चर्चा चलेको वर्ष दिन भइसक्यो । जसमा रमेश र केकीले पनि ‘ग्रिन सिग्नल’ देखाएका थिए । कुनै बेलाका हिट हिरो रमेश र अहिले लाइमलाइटमा रहेकी केकीको अनस्क्रिन रोमान्सले ऐश्वर्यालाई प्रतीक्षित बनाएको थियो तर जसै सुटिङ सुरू हुने बेला भयो, केकीलाई ऐश्वर्याका रुपमा देख्न नपाइने खबर बाहिरियो ।
 
कतिपयले खस्कँदो क्रेजका कारण केकीलाई निर्माण पक्षले निकालेको अनुमान गरेका छन् । तर, यसलाई केकीले नकारेकी छन् । उनको भनाइमा उनी निकालिएकी होइनन्, आफैँले छोडेकी हुन् । भन्छिन्, “घामपानीको सुटिङमा व्यस्त हुनुपर्ने भएपछि ऐश्वर्यालाई समय दिन नसक्ने भएँ ।”