• on Airनेपाली अावाज खबर
  • Up Nextसाझा खबर

ताजा अपडेट

स्थानिय समाचार

n

मुगुको स्याउले बजार पाएन

मुगुका विभिन्न क्षेत्रमा उत्पादन भएको स्याउले बजार नपाउँदा कृषकहरु मर्कामा परेका छन् । जिल्ला सदरमुकाम आसपास सहित विभिन्न गाउँमा उत्पादन भएको स्याउले बजार नपाउँदा खेर गईरहेको स्थानिय किसानले गुनासो गरेका छन् । मोटरबाटो पुगिसकेको भएपनी उत्पादन भएको स्याउ बाहिर निर्यात हुन नसकेको हो । उत्पादन भएको सबै स्याउ जिल्लामा खपत नहुने र बाहिरबाट खरिदका लागि व्यापारीहरु नआउने भएकाले स्याउ खेर गईरहेको जिल्लाको रुगा गाविस ७ का कृषक कर्णबिर बुढाले बताउनुभयो । यता, जिल्ला कृषि विकास कार्यालयले सदरमुकाममा स्याउ ल्याउन नसक्दा समस्या भएको जनाएको छ ।