• on Airनेपाली अावाज खबर
  • Up Nextसाझा खबर

ताजा अपडेट

स्थानिय समाचार

n

नयाँ नेतृत्व सहित राष्ट्रिय जनमाेर्चाकाे अधिवेसन सम्पन्न

२०७२ फागुन १ कालिकाेट/नयाँ नेतृत्व सहित राष्ट्रिय जनमाेर्चा कालिकाेटकाे जिल्ला अधिवेशन सम्पन्न भएकाे छ । राष्ट्रिय जनमोर्चा कालिकोटका नि बर्तमान उपाध्यक्ष कटक बहादुर शाहीकाे नेतृत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसहमतले चयनगरी पाचौं जिल्ला सम्मेलन आज विहान सम्पन्न भएकाे हाे । जनमोर्चा कालिकोटका निवर्तमान अध्यक्ष्य कमल बिक्रम शाहिको अध्यक्ष्यतामा हिजाे जिल्ला सदरमुकाम मान्म प्रतिमा चाेकमा उद्घाटन गरिएको अधिवेशन बिबिध निर्णय सहित सम्पन्न भएकाे नवगठित जिल्ला कार्यसमितिका सह सचिव हुकुमराज शाहीले बताउनु भएकाे छ ।

पाचाै अदिवेशनबाट उपाध्यक्ष मिन बहादुर शाही, सचिव रण बहादुर शाही सह सचिव हुकुम शाही, काेषाध्यक्ष हरिचन्द्र गिरी, सदस्यमा सत्या शाही, कृष्ण शाही, अनन्त बराल, लाेकजंग शाही, चित्र बहादुर बुढा, रत्न बुढा, पम्फ सेजुवाल, बिरू भारती, अबिलाल शाही, मान बहादुर अधिकारी रहेकाे राष्ट्रिय जनमाेर्चा कालिकाेटले जनाएकाे छ ।

 राष्ट्रिय जनमार्चाका केन्दीय सदस्य तुल्सीराम सापकाेटाकाे प्रमुख आथित्यता, केन्द्रीय सदस्य रत्नबिक्रम प्यासीकाे बिशेष अाथित्यता र केन्द्रीय सल्लाहकार सदस्य द्वाेय जयक्रिष्ण संज्याल, देवजंग शाहीकाे आतिथ्यता अधिवेसनकाे उद्घाटन गरी सम्पन्न भएकाे सहसचिव शाहीले जानकारी दिनुभएकाे छ । अधिवेशनमा जिल्लाका ३० वटै गाबिसका पार्टी प्रतिनिधिहरूकाे उल्लेख्य उपस्थिति रहेकाे र कार्यक्रममा रक्तिम सांकृतिक परिवारकाे सास्कृतिक प्रस्तुति समेत प्रस्तुत गरिएकाे अायाेजकले जनाएकाे छ ।